Mithila Map

मिथिला नगरपालिकाको संक्षिप्त परिचय

मिथिला नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको उत्तरी भूभागमा पर्दछ। विश्व मानचित्रमा ८५° ५४' ००" पूर्वदेखि ८६° १’ ३०” पूर्वी देशान्तरसम्म र २६° ५४' १५” उत्तरदेखि २७° ७’ ३५” उत्तरी अक्षांशसम्म फैलिएर रहेको मिथिला नगरपालिका मधेश प्रदेशको एउटा प्रमुख कृषि क्षेत्र हो । करिब १८७.९४  वर्ग किलोमिटर  क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा सिन्धुली जिल्ला, पश्चिमतिर महोतरी जिल्ला, बटेश्वर गाउँपालिका, दक्षिणमा क्षिरेस्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिका र पूर्वमा गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका  रहेका छन् ।

 मिथिला नगरपालिकालाई २०७१ पौष २८ गत्ते नगरपालिका घोषणा  गरिएको थियो । नगरपालिका घोषणा गर्दा साबिकका, नकटाझिल, ढल्केबर र बेगाडावर गा. वि . स. समावेश गरी जम्मा ९ वडाहरु रहेका थिए भने मिती २०७३ फागुन २२ गत्ते साविकका तुलसी,  पस्पवलपुर गा.वि.स. र क्षिरेश्वर नगरपालिका वडा न. ८ र ९ समवेश गरि जम्मा १० वाडा कायम गरेको थियो भने २०७४ साल जेष्ठ ८ गत्तेको मन्त्रिपरिषद्को निर्णय अनुसार साबिकमा बटेश्वर गाउँपालिकामा समायोजन हुन गएको साबिकको बेगाडाबर गा.वि स. को वडा ५,६ र ७ को तत्कालिन मिथिला नगरपालिकाको वडा नं ८ लाई पुन: मिथिला नगरपालिकामा समायोजन भइ हाल ११ वटा वडा कायम हुन आई अहिलेको मिथिला नगरपालिकाको संरचना तयार भएको हो । धनुषा जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमध्ये धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा मिथिलालाई चिनिएको छ । यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरित नगरबासीक सोंच र जागरुकता समेत यो नगरपालिकालाई दरिलो अनि दीगो बिकास गर्ने आधारको रुपमा प्रतिबिम्बित देखिन्छ। राष्ट्रिय जनगणना २०७८ को  तथ्याङ्क अनुसार यस नगरपालिका को कूल जनसंख्या ४८,६७६ जना रहेकोमा महिलाको जनसंख्या २४,३६२ र पुरुषको २४,३१४ रहेको छ ।  यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।

श्रोतः मिथिला नगरपालिकाको वेवसाईट

जनसांख्यिकी विवरण
10656
परिवार
48676
जनसंख्या
24314
पुरुष
24362
महिला
4.57
औसत घरपरिवार आकार
1001.97
लैङ्गिक अनुपात

वडा अनुसार महिला र पुरुष संख्या
साक्षरता दर
  • 79.8%
  • पुरुष
  • 65%
  • महिला
उमेर अनुसार जनसंख्या
धर्म अनुसार जनसंख्या
भाषा अनुसार जनसंख्या
जातीयता अनुसार जनसंख्या

घरको विवरण
स्वामित्व अनुसार घरपरिवारको संख्या
जगको बनोट अनुसार घरपरिवारको संख्या
छानाको बनोट अनुसार घरपरिवारको संख्या
भुईंको बनोट अनुसार घरपरिवारको संख्या
सुविधाहरूको विवरण
खानेपानीको मुख्य स्रोत अनुसार घरपरिवारको संख्या
खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन अनुसार
घरायसी साधन/ सुविधा अनुसारको घरपरिवारको संख्या
शौचालयको प्रकार अनुसार घरपरिवारको संख्या